खानेपानी कार्यालय कलैयाका तत्कालीन निमित्त प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा : डेढ करोड अवैध आर्जन गरेको आरोप
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि आयोगले उनीमाथि भ्रष्टाचारको आरोप लगाएको हो ।
अख्तियारले यादवको सेवा प्रवेश मिति २०४७ असार ३१ देखि २०८० पुस २९ गतेसम्मको अवधिमा भएको आय–व्ययको सूक्ष्म अनुसन्धान गरेको थियो। सो अवधिमा यादव र उनको परिवारले कानुनी रूपमा ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ आम्दानी गरेको देखिएको छ। तर, सोही अवधिमा उनको जग्गा खरिद, घर निर्माण, सेयर लगानी र सवारी साधन लगायतका शीर्षकमा भएको खर्च भने ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ भेटिएको छ।
यसरी वैध आम्दानी र वास्तविक खर्चको तुलना गर्दा स्रोत नखुलेको १ करोड ४६ लाखभन्दा बढीको सम्पत्ति अवैध देखिएको आयोगको ठहर छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले पेस गरेको सम्पत्ति विवरण र उनको वास्तविक जीवनशैलीबिच अस्वाभाविक अन्तर देखिएको छ ।
अनुसन्धानका क्रममा यादवले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउन आफ्नी श्रीमती निर्मला कुमारीको नाममा समेत लगानी गरेको भेटिएको छ। त्यसैले, अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनकी श्रीमतीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
आयोगले यादवमाथि बिगो बमोजिमको जरिवाना र जेल सजायको मागदाबी गरेको छ । यो मुद्दाले बारामा सरकारी सेवामा रहेर अस्वाभाविक सम्पत्ति जोड्ने अन्य कर्मचारीहरूमा समेत त्रास पैदा गरिदिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण