रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु, विपिनकाे संयाेजकत्वमा बन्याे समिति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
- पार्टीले सह-महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय उम्मेदवार छनोट समिति गठन गरेको छ।
- वडा तहबाट सुरु हुने सिफारिस प्रक्रिया प्रदेशमार्फत केन्द्रीय समितिसम्म पुग्ने गरी व्यवस्थित गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जारी परिपत्रअनुसार देशभरका प्रदेश, जिल्ला, पालिका र वडा तहमा समन्वय गरेर व्यवस्थित रूपमा उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको छ।
पार्टीले उम्मेदवार छनोटलाई पारदर्शी, सहभागितामूलक र व्यवस्थित बनाउन केन्द्रीय स्तरमा विशेष समिति गठन गरेको जनाएको छ। उक्त समितिमा सह–महामन्त्री विपिन कुमार आचार्य संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएकाे छ। समितिले आवश्यक मापदण्ड तयार पार्दै योग्य, सक्षम र जनउत्तरदायी व्यक्तिहरूलाई प्राथमिकता दिने बताइएको छ।
परिपत्रमा उल्लेख गरिएअनुसार वडा तहबाट सुरु हुने सिफारिस प्रक्रिया पालिका, जिल्ला हुँदै प्रदेशमार्फत केन्द्रीय समितिसम्म पठाइनेछ। यसका लागि स्पष्ट समयसीमा तोकिएको छ, जसअनुसार तोकिएको मितिभित्र सबै तहले आफ्नो सिफारिस पेश गर्नुपर्नेछ।
पार्टीले उम्मेदवार छनोट प्रक्रियामा स्थानीय तहका कार्यकर्ताको सुझावलाई विशेष महत्व दिने र आवश्यक परेमा डिजिटल माध्यमबाट समेत विवरण संकलन गरिने जनाएको छ। साथै, सबै समितिलाई समयमै प्रतिवेदन पेश गर्न र समन्वयमा काम गर्न आग्रह गरिएको छ।
यस कदमलाई आगामी निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने रणनीतिक तयारीका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
-
विराटनगर महानगरले ल्यायो ३ अर्ब ५६ करोड ४७ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण