यस्तो छ 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति' मस्यौदा
सारांश
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३' को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव माग गरेको छ।
- मन्त्रिपरिषद्को निर्णय अनुसार गठित उच्चस्तरीय अध्ययन समितिले तयार पारेको उक्त मस्यौदामाथि तीन दिनभित्र सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदा तयार गरेर सरोकारवालाबाट राय सुझाव आह्वान गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै उक्त रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए ।
उक्त समितिले बिहीबार रणनीतिको मस्यौदा तयार गरी बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष पेश गरेको थियो । मन्त्रालयका अनुसार ऊर्जा खपत बढाउने तथा खपत गरी बढी भएको विद्युत निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्न खोजिएको छ ।
सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ ।
इच्छुकले मन्त्रालयको इमेल वा फिड ब्याक पोर्टलमार्फत सुझाव पठाउन सक्नेछन् । मन्त्रालयले प्राप्त सुझावलाई समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण