सीता जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउन प्रभु साहको माग
सारांश
- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले माता सीताको जन्मोत्सवलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सरकारसँग माग गर्नुभएको छ।
- साहले सीता जयन्तीलाई सरकारी क्यालेन्डरमा समावेश गरेर सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिनुभएको छ।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालको गौरव, राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने माग सरकारसँग गरेका छन् ।
आजपा निकटको आम महिला मोर्चा काठमाडौँ उपत्यका विशेष कमिटीद्वारा आज (शनिवार) कोटेश्वरमा आयोजित जानकी जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारले जानकी जयन्तीलाई क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने माग गरेका हुन् ।
‘हामी राम नवमी मनाउँछौँ, कृष्ण अष्टमी मनाउँछौँ तर हाम्रै देश नेपालको गौरव, राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई बिर्सिन्छौँ । हामीले सीता जन्मोत्सवलाई राष्ट्रिय गौरवको रूपमा भव्य तरिकाले मनाउनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारसँग मेरो विशेष आग्रह छ, सीता जयन्तीलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्छ ।’
प्रेम, त्याग, समर्पण र संघर्षकी अद्वितीय प्रतिमूर्ति माता सीताको जीवन केवल धार्मिक आस्थाको विषय मात्र नभई सामाजिक रूपान्तरणको प्रेरणादायी स्रोत पनि भएको उनले बताए । सीता माताले देखाउनुभएको सहनशीलता, निष्ठा, आत्मसम्मान र दृढताले आजको समाजलाई लैङ्गिक समानता, सामाजिक न्याय तथा सभ्य संस्कृतिको निर्माणतर्फ अग्रसर हुन मार्ग निर्देशन गरेको साहले बताए ।
केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएको बेला आजपा अध्यक्ष साहले सीता जयन्तीलाई क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित जन्मोत्सव मनाउनुपर्ने प्रस्ताव गर्दा सरकारले अस्वीकार गरेको थियो । सीता जयन्तीको अवसरमा सार्वजनिक बिदासहित राष्ट्रिय पर्वको रूपमा मनाउनु पर्ने विषय विगत लामो समयदेखि उठाउँदै आएका साहले यो विषय अस्वीकार गर्नेको अन्त्य भएको र बालेन शाह नेतृत्वको सरकार आएकाले सीता जयन्ती राष्ट्रिय पर्वको रूपमा मनाउन ध्यानाकर्षण गराएका छन् ।
महिला मोर्चाका उपाध्यक्ष एवं काठमाडौँ उपत्यका विशेष कमिटीका इन्चार्ज रञ्जुकुमारी साहको अध्यक्षतामा भएको जानकी जयन्ती समारोहमा आजपा प्रवक्ता सुभाष साह, आजपा काठमाडौँ उपत्यका अध्यक्ष विजय यादव निर्विज, सचिव उपेन्द्र साह, आम सांस्कृतिक मोर्चाका अध्यक्ष सरिता साह, महिला मोर्चाका महासचिव सीमा जयसवाल, आजपा नेताहरू अर्जुन विसी, सुमन यादव, मिनादेवी साह, काठमाडौँ जिल्ला अध्यक्ष खगेज रञ्जितकार, आम दलित मोर्चाका महासचिव रामाशंकर पासवान, पूर्णशोभा बज्राचार्य लगायतको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
-
मोरङका १७ पालिकाले ल्याए १७ अर्बको बजेट (कुन पालिकामा कति ?)
-
तनहुँ-कास्कीबिच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय
-
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण