बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा

बुधबार, १६ वैशाख २०८३, ११ : २८
बुधबार, १६ वैशाख २०८३

सारांश

  • सरकारले सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशतले वृद्धि गरेको छ ।
  • यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार मन्त्रीस्तरीय निर्णयबाट यो भाडा वृद्धि गरिएको हो ।
  • यो भाडा वृद्धि अन्तर प्रदेशस्तरीय यातायातमा लागू हुनेछ ।

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । 

‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।  यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

यो अघिल्लो मूल्यको तुलनामा ३०.४१ प्रतिशतको वृद्धि हो । इन्धनमा भएको यही मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ ।

यसअघि गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३  वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइ डिजेलमा ५५ रुपैयाँ बढी पुगेपछि यातायात व्यवसायीहरू भाडा पुन समायोजन गर्न माग गर्दै आएका थिए ।  विभागले वैशाख ९ गते मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८  प्रतिशत र ढुवानीका सवारीका लागि पहाडीमा करिब १४  प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्ने गरी सिफारिस गरेको थियो ।

यसपछि मन्त्री सुनिल लम्सालले ५ प्रतिशतले वृद्धि गरी समायोजन गर्न स्वीकृति दिएका हुन् ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप