शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

रास्वपा संसदीय दलकाे बैठक : के–के विषयमा भयो छलफल  ?

बुधबार, १६ वैशाख २०८३, १३ : २२
बुधबार, १६ वैशाख २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा समसामयिक, तत्काल सम्बोधन गर्नुपर्ने र जिल्लाका क्षेत्रहरूको मुद्दाबारे छलफल भएकाे छ । आज बसेको बैठकमा ती विषयमा छलफल भएको   प्रवक्ता मनिष झाले जानकारी दिए ।

सरकारले संसद् अधिवेशन बन्द गरेर अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेकोमा सर्वत्र आलोचना भएपछि सभापति रवि लामिछानेले बुधबार संसदीय दलको अनौपचारिक बैठक बोलाएका हुन् ।

दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा  सरकार र संसदीय अभ्यासबारे सांसदहरूले पार्टी सभापति र संसदीय दलका प्रमुख सचेतक र सचेतक तथा पदाधिकारीहरूलाई जिज्ञासा र प्रश्नहरू सोध्ने क्रम चलिरहेको प्रवक्ता झाले जानकारी दिए ।  

बैठकमा पहिलाे चरणमा २५ जना सांसदले बोल्ने क्रम जारी छ । 

१. रमेश सापकोटा, सुर्खेत 

२. जगदीश खरेल, दोलखा 

३. जगत जोशी, कैलाली 

४. नितिमा कार्की, सर्लाही 

५. टेक बहादुर शाक्य, पर्सा 

६. भूमिका श्रेष्ठ, काठमाडौँ

७. डाक्टर अंकिता ठाकुर, सप्तरी 

८. सुजाता तामाङ, सङ्खुवासभा 

९. समिना मिया, चितवन 

१०. पुष्पा चौधरी, सप्तरी 

११. प्रभा ढकाल, चितवन 

१२. खिमा बिश्वकर्मा, दाङ 

१३. ज्ञानु पौडेल, रुपन्देही 

१४. बोध नारायण श्रेष्ठ, धादिङ 

१५. कमल सुवेदी, दाङ 

१६. डाक्टर राम लामा, काभ्रे

१७. रूकेश रञ्जित, भक्तपुर 

१८. रिमा विश्वकर्मा, बर्दिया 

१९. मोहन आचार्य, कपिलवस्तु

२०. सागर भुषाल, पर्वत 

२१. प्रदीप विष्ट, काठमाडौँ

२२. भरत पराजुली, सिन्धुपाल्चोक 

२३. कुसुम महर्जन, भक्तपुर 

२४. रंजु दर्शना, काठमाडौँ

२५. हरि भुसाल, अर्घाखाँची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप