बाजुरामा पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
बाजुरा । हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीस्थित वनमा चराउन लगेका चौपाया घर फर्काउनेक्रममा मङ्गलबार साँझ परेको वर्षासँगै आएको पहिरो र चट्याङबाट १६ भेडाबाख्रा मरेका र ३८ वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार सोही गाउँपालिका–२ का स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडाको मृत्यु, नौवटा बेपत्ता, अमृत ल्वारका तीन वटा भेडा पहिरोमा परी मरेका, १४ बेपत्ता भएको प्रहरी प्रवक्ता शाहीले बताए । भीषण वर्षापछि आएको पहिरोमा पुरिएर सोही वडाका स्थानीय किसानका पाँचवटाको मृत्यु, १० वटा बेपत्ता र ऐनबहादुर विष्टका तीनवटाको मृत्यु, पाँचवटा बाख्रा बेपत्ता भएको छ ।
त्यसैगरी, त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लागेर तीनवटा भेडाबाख्रा मरेका छन् । मङ्गलबार बेलुकी आएको हुरीबताससहित असिनापानी र चट्याङका कारण ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै मङ्गलबार आएको हुरीका कारण खप्तड छेडेदह गाउँपालिका–१ काँडाको काँट्यामा स्थानीय वीरे रावलले सञ्चालन गरेको पसल उडाएर क्षति भएको छ । स्थानीय व्यापारी रावलको काठ र जस्तापाताले बनाएको भुइँतले पसल हुरीले उडाएर लत्ताकपडासहित सिलाउने मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
हुरी बताससहित वर्षाले क्षति पुर्याएको प्रहरी चौकी कुन्ना, प्रहरी चौकी बडीमालिका र प्रहरी चौकी काँडाबाट प्रहरी टोली खटिइ क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरी प्रवक्ता शाहीले जानकारी दिए । यसैगरी हुरी बताससहित असिनापानीका कारण पाकेको गहुँ बालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण