मनोहरा बस्तीमा डोजरपछि सामान हटाउने चटारो, भोलिसम्म अनिवार्य हटाउन सूचना
बुधबार, १६ वैशाख २०८३, २० : ५०
सारांश
- मनोहरा र थापाथली-गैरीगाउँका सुकुमबासी बस्तीमा डोजर चलाइएको छ।
- बस्ती हटाइएपछि स्थानीयहरू बाँकी सामान सार्न र फलाम तथा कवाडी सङ्कलन गर्न व्यस्त छन्।
- अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी किनारका सामान भोलिसम्म हटाउन सूचना जारी गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने सरकारी तयारीसँगै केही दिनअघि मनोहरा क्षेत्र तथा थापाथली–गैरीगाउँका बस्तीमा डोजर चलाइएको थियो।
सरकारको निर्देशनअनुसार नेपाल प्रहरीको सहयोगमा महानगरपालिकाले बस्ती हटाउने काम गरेको हो।
हाल उक्त क्षेत्रमा घर–टहरा भएका व्यक्तिहरू बाँकी रहेका सामान सार्न व्यस्त छन् भने केही स्थानमा फलाम तथा कवाडी सङ्कलन गर्ने काम भइरहेको छ।
नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गुहेश्वरी फाँट, काठमाडौँबाट सूचना जारी गर्दै नदी किनार क्षेत्रमा राखिएका आफ्ना सम्पूर्ण सामानहरू भोलिसम्म अनिवार्य रूपमा हटाई व्यवस्थित गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण