८ अर्ब ६० करोड डलरको हतियार बिक्री गर्दै अमेरिका
काठमाडौँ । इरानमा अमेरिका–इजरायल युद्ध चलिरहँदा अमेरिकाले पश्चिम एसिया युद्धका आफ्ना सहयोगी राष्ट्रहरूलाई ८ अर्ब ६० करोड डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको छ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आपतकालीन अवस्था उल्लेख गर्दै अमेरिकी कंग्रेसको पूर्व समीक्षा बिना नै यो सम्झौता अगाडि बढाइएको बताएका छन्।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धपछि इरानले इजरायल र खाडी राष्ट्रहरूमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र बनाएको छ।
प्रतिआक्रमणका कारण ती देशहरूको अमेरिकी हतियार भण्डार घट्दै गएको छ र हवाई रक्षा प्रणालीमा थप दबाब परेको छ । यस अवस्थालाई ध्यानमा राख्दै अमेरिका सरकारले सहयोगी राष्ट्रहरूको रक्षा क्षमता सुदृढ गर्न हतियार आपूर्ति तीव्र बनाएको हो।
यस सम्झौताअन्तर्गत इजरायललाई करिब ९९ करोड २० लाख डलर बराबरको एडेभान्स्ड प्रिसिजन किल वेपन सिष्टम (एपीकेडब्ल्यूएस) प्रदान गरिनेछ।
कुवेतले २ अर्ब ५० करोड डलरको ब्याटल कमान्ड सिष्टम्स खरिद गर्नेछ, जसले राडारमार्फत हवाई निगरानी क्षमता सुधार गर्ने अपेक्षा गरिएको छ।
कतारले करिब ५ अर्ब डलर खर्चेर एपीकेडब्ल्यूएस र प्याट्रिओट एयर डिफेन्स सिष्टम पुनः भण्डारण गर्नेछ भने संयुक्त अरब इमिरेट्सलाई १४ करोड ८० लाख डलर बराबरको एपीकेडब्ल्यूएस बिक्री स्वीकृत गरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले यी हतियार बिक्रीलाई अमेरिकाको राष्ट्रिय सुरक्षा हितमा आधारित आपतकालीन निर्णयका रूपमा व्याख्या गरेको छ।
हातहतियार निर्यात नियन्त्रण ऐनमा उल्लेख गरिएको कंग्रेसको समीक्षा प्रक्रियालाई छलेर यो स्वीकृति दिइएको हो । प्याट्रिओट प्रणाली अत्याधुनिक रक्षा उपकरणमध्ये एक मानिन्छ।
यसलाई मिसाइलहरू अवरोध गर्न प्रयोग गरिन्छ भने एपीकेडब्ल्यूएसले सामान्य रकेटलाई सटीक निर्देशित हतियारमा रूपान्तरण गर्छ । यसअघि मार्च महिनामा पनि अमेरिकाले यूएई, कुवेत र जोर्डनलाई १६ अर्ब ५० करोड डलर बराबरको छुट्टै हतियार बिक्री स्वीकृत गरिसकेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण