भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
सोमबार, २१ वैशाख २०८३, १६ : ०७
सारांश
- भक्तपुरको भक्तपुर नगरपालिका-५ स्थित आदर्शमा टिपरको ठक्करबाट ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको छ ।
- बा.४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा सहनीको घटनास्थलमै मृत्यु भएको हो ।
- प्रहरीले टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनी छन् ।
सोमबार बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
टिपर चालक काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भएर बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण