बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी युद्धपोतमा मिसाइल प्रहारको दाबी : तेलको मूल्यमा तीव्र उतारचढाव

सोमबार, २१ वैशाख २०८३, १७ : ३९
सोमबार, २१ वैशाख २०८३

सारांश

  • इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी युद्धपोतमा मिसाइल प्रहार भएको दाबी गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठुलो प्रतिक्रिया देखिएको छ ।
  • सो खबर लगत्तै तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रति ब्यारेल ४ डलरभन्दा बढीले बढ्दै ११४ डलरसम्म पुगेको छ ।
  • अमेरिकी मध्य कमान्डले आक्रमणको दाबी अस्वीकार गरेपछि मूल्य केही घटेर स्थिर हुन थालेको छ ।

न्युयोर्क । इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी युद्धपोतमा मिसाइल प्रहार भएको दाबी गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठुलो प्रतिक्रिया देखिएको छ । सो खबर लगत्तै तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रति ब्यारेल ४ डलरभन्दा बढीले बढ्दै ११४ डलरसम्म पुगेको छ । 

जुन दिनको सुरुवाती मूल्यभन्दा ५ प्रतिशत भन्दा बढी वृद्धि हो । तर अमेरिकी मध्य कमान्ड (सेन्टकम) ले उक्त आक्रमणको दाबी अस्वीकार गरेपछि मूल्य केही घटेर स्थिर हुन थालेको छ ।

यसअघि डोनाल्ड ट्रम्पले खाडी क्षेत्रमा अड्किएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना घोषणा गरेका थिए, जसलाई उनले मानवीय पहल भनेका छन् । यो योजना स्ट्रेट अफ होर्मुजमा जारी तनावका बिच ल्याइएको हो । 

स्टेट अफ होर्मुज विश्वको महत्त्वपूर्ण जलमार्गमध्ये एक हो, यहाँबाट विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुन्छ । यदि यस क्षेत्रमा थप सैन्य झडप भयो भने आपूर्ति पुनः सुरु हुने सम्भावना घट्नेछ । जसले तेलको मूल्य अझै उच्च हुनसक्ने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप