अपडेट
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
बिहीबार, २१ जेठ २०८३, १० : ३८
सारांश
- रोल्पाको माडी गाउँपालिका–२ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
- MH14TCJ 471 नम्बरको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो ।
- दुर्घटनामा २ पुरुष र १ महिलाको शव फेला परेको छ र प्रहरीले उद्धार तथा अनुसन्धान गरिरहेको छ ।
रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज विहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा हाल नाम, थर र वतन नखुलेका २ पुरुष र १ महिलाको शव फेला परेको छ ।
जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण