बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट

सोमबार, २१ वैशाख २०८३, १७ : ५८
सोमबार, २१ वैशाख २०८३

दुबई । पश्चिम एसिया युद्धको क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा इरानले गरेको आक्रमणपछि मार्चमा दुबई विमानस्थलको यात्रु आवागमनमा दुई तिहाइले कमी आएको छ । संयुक्त अरब इमिरेट्सको सञ्चार कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।

अन्तर्राष्ट्रिय यात्रु ट्राफिकका लागि विश्वकै सबैभन्दा व्यस्त मानिने दुबई इन्टरनेशनल विमानस्थलमा यात्रुको सङ्ख्या घटेर २५ लाखमा झरेको दुबई सञ्चार कार्यालयले जनाएको छ । अमेरिका–इरान युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दा विमानस्थलले क्षेत्रीय अवरोधको सामना गर्नुपरेको र यसले हवाई क्षेत्र क्षमता र उडान तालिकामा उल्लेखनीय रूपमा बाधा पुर्याएको छ ।

दुबई सञ्चार कार्यालयले अगाडी भनेको छ, “युएई भित्रको हवाई क्षेत्र अब पूर्ण रूपमा पुनस्र्थापित भएको छ, दुबईका विमानस्थलहरू उपलब्ध क्षेत्रीय मार्ग क्षमतासहित उडान बढाउन निर्णायक रूपमा अघि बढिरहेका छन् ।”

अमेरिका–इजरायल आक्रमणको इरानले गरेको बदलामा तेल सम्पन्न युएईले कैयौँ पटक दुबई इन्टरनेशनललाई निशाना बनाएको थियो । सन् २०२६ को पहिलो त्रैमासिकमा त्रैमासिक ट्राफिक २१ प्रतिशतले घटेर एक करोड ८६ लाखमा झरेको थियो ।

दुबई इन्टरनेशनलले गत वर्ष सबैभन्दा बढी नौ करोड ५२ लाख यात्रुलाई सेवा दिउको थियो । यो सङ्ख्या यो वर्ष नौ करोड ९५ लाख पुग्ने आशा गरिएको थियो।

दुबई एयरपोर्टका कार्यकारी प्रमुख पल ग्रिफिथ्सले भने, “विगत केही हप्तामा भएका असाधारण घटनाहरूले कुनै पनि प्रमुख विमानस्थलका लागि अकल्पनीय परिणाममा सावित बनेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप