सार्वजनिक जग्गा संरक्षण गर्न बागलुङका सबै स्थानीय तहलाई परिपत्र
बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाका १० वटै स्थानीय तहलाई परिपत्र पठाएको छ ।
कार्यालयले एक सूचना जारी गरी सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, अभिलेख व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणसम्बन्धी कार्यमा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरिएको जनाएको हो ।
नेपाल सरकार, गृह मन्त्रालयले सार्वजनिक जग्गा अतिक्रमण रोक्न तथा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई सक्रिय बनाउन परिपत्र गरेको हो ।
यसअघि विभिन्न मितिमा निर्देशन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नभएको भन्दै पुनः ध्यानाकर्षण गराइएको कार्यालयले जनाएको छ । पत्रअनुसार सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने, अभिलेख अद्यावधिक गर्ने र व्यवस्थापनलाई व्यवस्थित बनाउने कार्यमा स्थानीय तह तथा सरोकार भएका निकायलाई सक्रिय हुन आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार अतिक्रमित जग्गामा निर्माण गरिएका घरटहरा हटाउने काममा स्थानीय तहले पहल गर्ने र त्यसमा प्रशासनले शान्ति सुरक्षाको व्यवस्था गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण