आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक

मङ्गलबार, २२ वैशाख २०८३, १६ : ४६
मङ्गलबार, २२ वैशाख २०८३

काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत खुर्कोटमा मङ्गलबारबाट अर्काे सूचना जारी नभएसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै उक्त सडकखण्डको खुर्कोट–भकुन्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाएको हो । 

रोशी खोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला रोक लगाउन सकिने प्रशासनले जनाएको छ।

683309188_1447505264041060_5514453027906851779_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप