शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

बुधबार, २३ वैशाख २०८३, १४ : २८
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा सुरु भएको हो । 

बैठकमा कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिनेछन् । सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा प्रशिक्षण दिने जनाइएको छ ।  

साथै, सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुने र सङ्घीय संसदमा कसरी यी विषय उठाउने भन्नेबारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप