बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुकुमबासीको आन्दोलनलाई नेकपा (माओवादी) को समर्थन

बुधबार, २३ वैशाख २०८३, १४ : ५१
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुकुमबासीहरुले सुरु गरेको आन्दोलनलाई समर्थन गरेको छ ।
  • सो पार्टीले बालेन नेतृत्वको सरकारले भूमिहीन र सुकुमबासी बस्तीमा डोजर चलाएर उठिबास गरेको भन्दै विरोध गर्दै आएको छ ।
  • उठिबास गरिएका भूमिहीन र सुकुमबासीहरुलाई वैकल्पिक बसोबास र भूमिको व्यवस्था गर्न समेत सो पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुकुमबासीहरुले सुरु गरेको आन्दोलनलाई समर्थन गरेको छ ।

बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले एक विज्ञप्ति जारी गर्दै सुकुमबासीहरुले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै सो अभियानमा साथ दिन सबैलाई आग्रह गरेका हुन् ।

साथै, उठिबास गरिएका भूमिहीन र सुकुमबासीहरुलाई वैकल्पिक बसोबास र भूमिको व्यवस्था गर्न समेत सो पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।

सो पार्टीले बालेन नेतृत्वको सरकारले भूमिहीन र सुकुमबासी बस्तीमा डोजर चलाएर उठिबास गरेको भन्दै विरोध गर्दै आएको छ ।

वैशाख १२ गतेबाट सरकारले देशव्यापी रूपमा सुकुमबासी बस्तीमा डोजर चलाइरहेको छ । 

688382405_1287539156861873_5673004525480896173_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप