शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस नेता लक्ष्मण कँडेल रास्वपा प्रवेश

बुधबार, २३ वैशाख २०८३, १५ : ३९
बुधबार, २३ वैशाख २०८३

सुर्खेत। सुर्खेत उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा कांग्रेसका नेता लक्ष्मण कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

बुधबार वीरेन्द्रनगरमा रास्वपा महामन्त्री भूपदेव शाहले कँडेललाई पार्टीमा स्वागत गरे। उनीसहित अन्य केही व्यक्तिहरू पनि रास्वपा  प्रवेेश गरेका हुन् । 

कँडेलले आफू विगत २० वर्षदेखि कांग्रेससँग आबद्ध रहेको र जिल्ला कार्यसमिति सदस्यसम्म पुगेको उल्लेख गरेका छन्। साथै व्यक्तिगत सोच र भावनालाई मध्यनजर गर्दै कांग्रेस त्याग गरेको उनले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप