शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
सारांश
- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीका बेला निराशा र पलायनलाई कायरहरूको बाटो भनेका छन् ।
- उनले भारतको केरलामा वामपन्थीहरूको हारलाई नेपालको वामपन्थी आन्दोलनसँग जोडेर गरिने विश्लेषणप्रति असन्तुष्टि जनाएका छन् ।
- पोखरेलले नेपालको वामपन्थीको भविष्य चुनावी परिणामले नभई एजेन्डा, जनताको हितका लागि गरिने गतिविधि र सम्बन्धले निर्धारण गर्ने बताएका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता कायरहरूको बाटो भएको बताएका छन् । छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको विश्लेषणप्रति पोखरेलले कटाक्षा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दै अनुकूलतामा बदल्ने काम गर्ने लेखेका छन् । ‘संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो हो । एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दछ र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्दछ’, उनले भनेका छन् ।
भारतको केरला राज्यमा भएको वामपन्थीको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएकोमा पोखरेलले असन्तुष्टि जनाएका छन् । केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास रहेको स्मरण गर्दै उनले अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको स्पष्ट पारेका छन् ।
पोखरेलले नेपालको वामपन्थीको भविष्य कुनै एक चुनावी परिणामले होइन, त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण बताएका छन् ।
‘अहिलेको हार केबल वामपन्थको मात्र हार होइन, यो नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार हो’, उनले भनेका छन् ।
त्यसैले अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रूपमा रहेका शक्तिहरूले यस प्रकारको हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्याङ्कन गर्नु तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु रहेको उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण