बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन सिंहदरबार पुगे प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बे

बिहीबार, २४ वैशाख २०८३, १७ : ०३
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे संवैधानिक परिषद्को बैठकमा सहभागी हुन सिंहदरबार पुगेका छन् ।
  • उपसभामुख रवि कुमारी ठाकुर र कानुनमन्त्री सोविता गौतम पनि प्रधानमन्त्री कार्यालय प्रवेश गरेका छन् ।
  • संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको छ ।

काठमाडौँ । संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरबार पुगेका छन् ।  उनी बैठक राखिएको स्थान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै पुगेको सिंहदरबारबाट रातोपाटीकर्मी कृष्ण खड्काले उल्लेख गरे । 

यस्तै उपसभामुख रुवि कुमारी ठाकुर, कानुनमन्त्री सोविता गौतम पनि प्रधानमन्त्री कार्यालय प्रवेश गरेका छन् । सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल भने पुग्न बाँकी छ । 

५ सदस्यीय संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको छ । प्रधानन्यायाधीश सिफारिस को हुन्छन् भन्ने चासोको विषय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप