कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ
सारांश
- ओमकार आयल ईन्डस्ट्रिज प्रा.लि.ले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री वितरण गरी ठगी गरेको फेला परेको छ।
- विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरी उद्योगका सञ्चालक ४३ वर्षीय विजय श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले ९०५ कार्टुन तेल बरामद गरी श्रेष्ठलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।
काठमाडौँ । ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री वितरण गरी ठगी गरेको फेला परेको छ।
उक्त उद्योगबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सनफ्लावर तेल (१ लिटर र ५०० एमएल) को प्याकेटमा तोकिएको भन्दा कम तौल राखी बजार पठाउने गरेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा प्याकेजिङ्ग गरिएका तेलका प्याकेटहरूमा वास्तविक तौल कम भएको पाइएपछि प्रहरीले उद्योगका सञ्चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. १३ पाटन घर भई हाल ओमकार आयल ईन्डस्ट्रिज सञ्चालन गर्दै आएका ४३ वर्षीय विजय श्रेष्ठ रहेका छन्।
प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर उनले तेल भण्डारण गरेका विभिन्न स्थानहरूमा छापा मारेको थियो। सो क्रममा प्रहरीले ठुलो परिमाणमा मापदण्ड विपरीतका तेलका कार्टुनहरू बरामद गरेको छ।
प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार ललितपुरको लेले महादेव स्थानबाट २०० कार्टुन, इमाडोलबाट ५३० कार्टुन र थसिखेलबाट १७५ कार्टुन गरी जम्मा ९०५ कार्टुन छहारी तथा ओमकार ब्राण्डका सनफ्लावर तेल बरामद गरिएको छ।
पक्राउ परेका श्रेष्ठ र बरामद गरिएका सामानहरूलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण