प्रतिनिधि सभाको तीन महिने सम्भावित कार्यसूची सार्वजनिक
सारांश
- प्रतिनिधि सभाको वैशाखदेखि असारसम्मको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ ।
- कार्यतालिका अनुसार सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट प्रस्तुति र विभिन्न विधेयकहरूमाथिको छलफललाई प्राथमिकता दिइएको छ ।
- जेठ महिनामा बजेट अधिवेशनमा मुख्य ध्यान केन्द्रित गरिनेछ भने असारमा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको वैशाखदेखि असारसम्मको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ ।
कार्यतालिकाअनुसार सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट प्रस्तुतिदेखि विभिन्न विभिन्न विधेयकहरू माथिको छलफल र पारित गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
वैशाख २८ गते राष्ट्रपतिबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल, धन्यवाद प्रस्ताव तथा निर्णय प्रक्रियालाई अगाडि बढाइनेछ ।
जेठ महिनामा संसद्को मुख्य ध्यान बजेट अधिवेशनमा केन्द्रित हुने कार्यसूची छ । कार्यतालिकामा वैकल्पिक विकास वित्त परिचालन विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयकलगायत विभिन्न विधेयकहरू माथि छलफल र समितिमा पठाउने प्रस्तावहरू पनि समावेश गरिएका छन् ।
असार महिनामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल, खर्च कटौती प्रस्ताव तथा सम्बन्धित मन्त्रीहरूको जवाफपछि बजेट पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ। साथै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई पनि संसद्बाट टुङ्ग्याउने तयारी गरिएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा आवश्यकताअनुसार आकस्मिक विषय थपघट हुन सक्ने उल्लेख गरिएको छ ।
यस्ताे छ सम्भावित कार्यसूची



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण