स्थानीय तहले पनि अब कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, यस्ता छन् सर्तहरू
सारांश
- कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ ।
- सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि स्थानीय तहबाट अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको हो ।
- स्थानीय तहले कम्पनी दर्ता वा शेयर खरिद गर्नुअघि आफ्नै कानुन बनाएर निर्णय गर्नुपर्ने र कम्पनी ऐन, २०६३ बमोजिम प्रक्रिया पुरा गर्नुपर्ने सर्तहरू तोकिएको छ ।
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयको निर्णयअनुसार अब स्थानीय तहले प्रचलित कानुन बमोजिम निश्चित सर्तहरू पुरा गरी कम्पनी दर्ता गर्न र शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने थप व्यवस्था गरिएको छ ।
स्थानीय तहले कम्पनी दर्ता वा शेयर खरिद गर्नुअघि देहायका सर्तहरू पालना गर्नुपर्ने सूचनामा उल्लेख छः
१, स्थानीय तहले यस सम्बन्धमा आफ्नै कानुन बनाएर निर्णय गर्नुपर्नेछ ।
२, कम्पनी ऐन, २०६३ र सम्बन्धित अन्य प्रचलित कानुनहरू बमोजिम प्रक्रिया पुरा गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
-
चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
-
निर्माण क्षेत्र जोगाउन विशेष परिस्थितिमा आयोजनाको म्याद थप गर्न माग
-
रास्वपाले ठाडै मिच्यो संविधान, हुन सक्छ ८० हजार रुपैयाँ जरिबाना र ३ वर्ष कैद
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
-
श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण