शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

निर्माण सम्पन्न भएको ३ महिना नबित्दै ढले १३२ केभीका पोल

शनिबार, २६ वैशाख २०८३, १७ : २७
शनिबार, २६ वैशाख २०८३

सुर्खेत । निर्माण सम्पन्न भएको तीन महिना नबित्दै कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनका पोलहरू ढलेका छन् । सामान्य हावाहुरीमै पोलहरू ढल्न सुरु भएका हुन्, जसका कारण कर्णालीको अनियमित विद्युत् समस्या यथावत नै छ ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयका अनुसार प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानीमा २ वटा विद्युत् टावर (पोल) ढलेका हुन् । 'केही दिनअघि आएको हावाहुरीको कारण रुख परेर टावरमा क्षति पुगेको थियो,' प्राधिकरणले भनेको छ, 'शनिबार टावर समेत ढले ।' 

जसका कारण १३२ केभी लाइन बन्द भएकोले प्राधिकरणले जनाएको छ । लामो समयको प्रतीक्षापछि ३ महिनाअघि उक्त प्रसारण लाइनको काम सम्पन्न भएको थियो । तर यति चाँडै विद्युत् टावर ढलेको भन्दै निर्माण कार्यमा लापरबाही भएको हो कि भन्ने प्रश्न उठ्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप