आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साप्ताहिक राशिफल

साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत

आइतबार, २७ वैशाख २०८३, ०१ : ००
आइतबार, २७ वैशाख २०८३

सारांश

  • यो साताको राशिफल अनुसार, मेष राशिका लागि साताको सुरु र अन्तको समय राम्रो छ, जसले गर्दा सीमित स्रोत साधनको प्रयोगबाट आवश्यकता परिपूर्ति हुनेछन् ।
  • वृष राशिका लागि साथीभाइ, बन्धुवान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
  • मिथुन राशिका लागि साताको समय राम्रो छ, जसले गर्दा सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ र धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

वैशाख २७ गते आइतबारदेखि जेष्ठ २ गते शनिबारसम्मको साप्ताहिक राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकाङ्क्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार तथा शेयर बजारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम बिग्रने तथा जरिवाना हुन सक्छ । तर पनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।  
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  साथीभाइ, बन्धुवान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । सातको अन्त अर्थात् शुक्रबारबाट आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।
  • मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साताको समय राम्रो रहेकोले सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ ।  विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा मन जाने तथा धार्मिक यात्राको योग रहेको छ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मंगलबार दिउसोसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नु पुर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । मंगलबार साँझबाट समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला ।
  • कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यतीत हुनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ भने बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साताको अन्त अर्थात् शुक्रबारबाट समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको समय राम्रो रहेकोले बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ । शुभ मांगलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मंगलबार दिउसोसम्मको समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । विरोधीहरूको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतीत हुनेछ । मंगलबार साँझबाट कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ । धन, सम्पत्ति, चिठ्ठा तथा उपहार आकस्मिक प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो आम्दानी हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले आÏनै मेहनेतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । साताको अन्त अर्थात् शुक्रबारबाट घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको समय राम्रो रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । निर्माण सामाग्री तथा खानेकुराको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मंगलबार दिउसोसम्मको समय मध्यम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । मंगलबार साँझबाट पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप