खैबर पख्तुन्ख्वामा आत्मघाती हमला : कम्तीमा १५ प्रहरीको मृत्यु
खैबर पख्तुन्ख्वा । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तको बन्नु जिल्लास्थित फतेह खेल प्रहरी चौकीमा शनिबार राति भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आक्रमणकारीहरूले विस्फोटक पदार्थले भरिएको सवारी साधन प्रहरी चौकीमा ठोक्काएर हमला सुरु गरेका थिए । त्यसपछि आतङ्ककारीहरूले विभिन्न दिशाबाट भारी गोलीबारी गरेका थिए ।
बन्नु क्षेत्रीय प्रहरी अधिकारी सज्जाद खानका अनुसार घटनाका बेला चौकीमा १८ जना प्रहरी तैनाथ थिए । तीमध्ये १५ जनाको मृत्यु भएको र तीन जना घाइते भएका हुन् । स्थानीय प्रशासनिक अधिकारीका अनुसार आक्रमणका क्रममा आतङ्ककारीहरूले क्वाडकप्टर ड्रोन र भारी हतियारसमेत प्रयोग गरेका थिए ।
विस्फोट यति शक्तिशाली थियो कि प्रहरी चौकी पूर्ण रूपमा ध्वस्त भएको छ । चौकीमा रहेको बख्तरबन्द गाडी पनि नष्ट भएको बताइएको छ । आसपासका भवनहरूमा समेत ठुलो क्षति पुगेको छ ।
घटनापछि स्थानीय अस्पतालहरूमा आपतकाल घोषणा गरिएको छ । उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ र मृतक सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । आक्रमणपछि प्रहरीले क्षेत्रलाई घेराबन्दी गरी सुरक्षा अभियान सुरु गरेको छ ।
सहरभर सुरक्षा व्यवस्था कडा पारिएको छ र थप चेकपोस्टहरू स्थापना गरिएको छ । हालका महिनाहरूमा बन्नुमा लगातार हिंसात्मक घटनाहरू भइरहेका छन् । प्रहरी, स्थानीय सुरक्षा निकाय तथा नागरिकहरू बारम्बार आक्रमणको निशानामा परिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण