बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने युवतीसहित ६ जना पक्राउ
सारांश
- पोखराको बागलुङ बसपार्कमा वैशाख २२ गते राति भएको ग्याङ फाइटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
- प्रारम्भिक अनुसन्धानमा लागुऔषध कारोबार झै-झगडाको मुख्य कारण रहेको खुलेको छ।
पोखरा । पोखराको बागलुङ बसपार्कमा गत वैशाख २२ गते राति भएको ग्याङ फाइटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा उक्त झै-झगडाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले खोजतलासका क्रममा वैशाख २६ गते पोखराका विभिन्न स्थानबाट एक महिलासहित ६ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा पोखरा-१३ बाझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार र गोरखा घर भई सोही ठाउँ बस्ने ३० वर्षीय ‘दिपेश’ भनिने दिलेराम गुरुङ रहेका छन्। यस्तै, बागलुङ बसपार्क क्षेत्रमा बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त समूहबिच झै-झगडा हुनुको मुख्य कारण लागुऔषध कारोबार रहेको खुलेको छ। उक्त घटनाका सम्बन्धमा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण