युद्धविरामकाे बिचमा हिंसा : लेबनानमा कम्तीमा २२ जनाको मृत्यु
सारांश
- इजरायलले शनिबार लेबनानका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
- मृतकमध्ये चार जना बालबालिका रहेका छन्, जसमा १२ वर्षीया एक बालिका आफ्ना बुवासँग मोटरसाइकलमा यात्रा गरिरहेका बेला दक्षिणी नबतेह क्षेत्रमा भएको आक्रमणमा दुवैको मृत्यु भएको हो ।
- अप्रिल १६ मा युद्धविराम घोषणा गरिए पनि इजरायल र हेजबुल्लाह दुवैले एक अर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
बेरुत । इजरायलले शनिबार लेबनानका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सी (एनएनए) ले लेबनानी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो । मृतकमध्ये चार जना बालबालिका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ वर्षीया एक बालिका आफ्ना बुवासँग मोटरसाइकलमा यात्रा गरिरहेका बेला दक्षिणी नबतेह क्षेत्रमा भएको आक्रमणमा दुवैको मृत्यु भएको हो ।
सप्ताहन्तभर दक्षिणी लेबनानमा हेजबुल्लाहका १० सदस्य मारिएको तथा समूहका ४० वटा पूर्वाधार स्थलमा आक्रमण गरिएको इजरायलको सेनाले आइतबार जारी वक्तव्यमा उल्लेख छ । यसैबिच हेजबुल्लाहले शनिबार दक्षिणी लेबनानमा इजरायली सेनाविरुद्ध २२ वटा आक्रमणका घटनाको जिम्मेवारी लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल १६ मा लेबनानमा युद्धविराम घोषणा गरेका थिए । तर पनि त्यहाँ इजरायली हिंसा जारी रहेको छ । इजरायल र हेजबुल्लाह दुवैले एक अर्कामाथि विस्तारित युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण