पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबिच भेटवार्ता : के–के भयो छलफल ?
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आइतबार साँझ भक्तपुरको गुण्डुमा भेटवार्ता भएको छ ।
- भेटवार्तामा अध्यक्ष ओलीको स्वास्थ्य अवस्था र मुलुकको परिवर्तित राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको छ ।
- पूर्वराष्ट्रपति भण्डारी सदस्यता नवीकरण नगरेको विषयमा अध्यक्ष ओलीसँग विगत एक डेढ वर्षयता असन्तुष्ट छिन् ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । आइतबार साँझ ओली निवास भक्तपुरको गुण्डुमा भएको भेटवार्तामा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थादेखि मुलुकको परिवर्तित राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको छ ।
अध्यक्ष ओली पत्थरीको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् । यसअघि ओली अस्पतालमै रहेका बेला पनि भण्डारी अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेकी थिइन् ।
‘आइतबार पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबिच करिब ३ घण्टा भेटवार्ता भयो’, ओली निकट स्रोतले भन्यो, ‘भेटमा दुई जना मात्र भएकाले के के विषयमा कुराकानी भए भन्ने स्पष्ट छैन ।’
पूर्वराष्ट्रपति भण्डारी सदस्यता नवीकरण नगरेपछि अध्यक्ष ओलीसँग विगत एक डेढ वर्षयता असन्तुष्ट छिन् । गत फागुनमा भएको निर्वाचनमा एमालेको नतिजा अत्यन्त कमजोर आएपछि अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र त्यसका लागि विशेष महाधिवेशन बोलाउनुपर्ने आवाज उठ्दै आएको छ । तर ओली सहजै नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा छैनन् ।
दुई नेताका बिचमा एमालेमा भइरहेका पछिल्लो भेला तथा नेताहरूका अभियानको बारेमा पनि कुराकानी भएको हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण