आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

संसद् बैठकको सुरुमै प्रतिवादको तयारीमा प्रतिपक्ष

सोमबार, २८ वैशाख २०८३, १२ : १२
सोमबार, २८ वैशाख २०८३

सारांश

  • आजबाट सुरु हुने वर्षे अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकमा विपक्षी दलहरू सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारीमा छन्।
  • संवैधानिक परिषद्, सरकारले ल्याएका अध्यादेश र सुकुमबासी व्यवस्थापनका विषयमा विपक्षीहरूले आवाज उठाउनेछन्।
  • राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नहुने भए पनि बैठकको सुरुमै संयुक्त प्रतिवाद गर्ने समझदारी बनेको छ।

काठमाडौँ । आजबाट सुरु हुने वर्षे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरू सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारीमा लागेका छन् । 

वर्षे अधिवेशन अन्तरगत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा संवैधानिक परिषद्लगायत सरकारले ल्याएका अध्यादेश र सुकुमबासीको व्यवस्थापनका विषयमा विपक्षीहरूले आवाज उठाउने र सशक्त प्रतिवाद गर्ने तयारी गरेका हुन् । 

यी विषयमा संयुक्त प्रतिवाद गर्ने विपक्षीको तयारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार प्रतिवादका सम्बन्धमा नेपाली कांग्रेस, एमाले र नेकपाका नेताहरू एकमत छन् । 

‘सरकारको कार्यशैलीविरुद्ध प्रतिवाद त हुन्छ नै’, एमालेका एक सांसद भन्छन्, ‘राष्ट्रपतिले संयुक्त बैठकमा पेस गर्ने नीति तथा कार्यक्रममा भने अवरोध हुने छैन ।’

सोमबार लगातार तीन वटा बैठक बोलाइएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् । उनका अनुसार सदनको कारबाही आरम्भ हुनासाथ संयुक्त प्रतिवाद गर्ने विपक्षीबिच समझदारी बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप