आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

फरार रहेका प्रतिवादी पक्राउ

मङ्गलबार, २९ वैशाख २०८३, १० : ०४
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • उदयपुरमा १० वर्ष कैद सजाय फैसला भई फरार रहेका ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
  • त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई खोला क्षेत्रबाट हिँडडुल गरिरहेको अवस्थामा निजलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
  • जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका मगरलाई उदयपुर जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।

उदयपुर । १० वर्ष कैद सजाय फैसला भई फरार रहेका प्रतिवादीलाई अस्थायी प्रहरी पोस्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

हिजो साँझ करिब ८ बजे त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगरलाई  प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका निजलाई उदयपुर जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाउने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप