आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

रास्वपा सांसद प्रसाईंको प्रश्न : तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा चलाउने केले रोक्यो ?

मङ्गलबार, २९ वैशाख २०८३, १४ : ०२
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका बेलाका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा नचलाएकोमा सरकारको आलोचना गरेका छन् ।
  • मंगलबार संसद्को शून्य समयमा बोल्दै सांसद प्रसाईंले सहिदप्रतिको श्रद्धाञ्जली सरकारको व्यवहारबाट पुष्टि हुनुपर्ने बताउँदै मुद्दा चलाउन ढिलाइ भएकोमा प्रश्न उठाए ।
  • उनले मल्लिक आयोग, रायमाझी आयोगको प्रतिवेदन दराजमा थन्किएको र लाल आयोगको प्रतिवेदन कार्यान्वयन नभएकोले हरेक आन्दोलनका सहिदमाथि अन्याय भएको बताए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध अदालतमा मुद्दा नचालएकोमा सरकारको आलोचना गरेका छन् । 

मंगलबार संसद्को शून्य समयमा बोल्दै प्रसाईंले मुद्दा चलाउन ढिलाइ भएकोमा आलोचना गरेका हुन् ।

‘सहिदप्रतिको श्रद्धाञ्जली मैले मुखले औपचारिकता निभाएर होइन, मेरो प्रतिनिधित्व गर्ने सरकारको व्यवहारबाट पुष्टि हुनुपर्छ । जेनजी आन्दोलनका नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई कसले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकतामा परेन ?’, सरकारप्रति उनले प्रश्न गरे ।

 विभिन्न आन्दोलनपछि गठन भएका मल्लिक आयोग, रायमाझी आयोगको प्रतिवेदन दराजमा थन्काइएको र लाल आयोगका प्रतिवेदन कार्यान्वयन नगरेर हरेक आन्दोलनका सहिदमाथि अन्याय भएको उनको भनाइ छ । प्रसाईंले उहिले बाजेको पाला र अहिलेको चाला उस्तै भयो भने हात्ती आयो फुस्सा हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप