सबै ठाउँमा दलीयकरण गर्ने सपनालाई बिर्सिदिन अनुरोध छ : उपनेता पराजुली
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गरेका छन्।
- उनले शिक्षा क्षेत्रलाई राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने थलो बनाउने विगतको प्रवृत्ति अब मान्य नहुने बताए।
- पराजुलीले सबै क्षेत्रलाई दलीयकरणबाट मुक्त गराई सक्षम नागरिक उत्पादन गर्ने र चुस्त कर्मचारीतन्त्र निर्माण गर्ने सरकारको मुख्य अभियान रहेको उल्लेख गरे।
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गरेका छन्।
प्रतिपक्ष दलहरूले सरकारको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाइरहेका बेला उनले सरकार सुशासन र जनसेवाको मार्गमा दृढताका साथ अघि बढिरहेको जिकिर गरेका हुन्।
उपनेता पराजुलीले निर्वाचनका बेला जनतामाझ गरिएको सुशासनको वाचा सरकारले पूरा गर्न सुरु गरिसकेको बताए। विशेषगरी शिक्षा क्षेत्रलाई राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने थलो बनाउने विगतको प्रवृत्ति अब मान्य नहुने उनको भनाइ छ। सबै क्षेत्रलाई दलीयकरणबाट मुक्त गराई सक्षम नागरिक उत्पादन गर्ने र चुस्त कर्मचारीतन्त्र निर्माण गर्ने सरकारको मुख्य अभियान रहेको उनले उल्लेख गरे।
बैठकमा बोल्दै उपनेता पराजुलीले भने, ‘उहाँहरुले आफ्नो दलको कार्यकर्ता उत्पादन गर्ने ठाउँ विद्यालयहरुलाई बनाउने प्रयास गर्नु भयो, शिक्षा क्षेत्रलाई पनि त्यसै गर्नुभयो । अब यो जेनेरेशनले राष्ट्र निर्माण गर्ने सक्षम नागरिक उत्पादन गर्न चाहन्छ र यो सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत सबै क्षेत्रबाट दलीयकरण हटाएर सक्षम नागरिक र नागरिकलाई सेवा दिनसक्ने त्यो ब्यूरोक्रेसी बनाउन चाहन्छ । अब दलका कार्यकर्ता बनाउने सपना देखेर सबै ठाउँमा दलीयकरण गर्ने त्यो सपनालाई बिर्सिदिनका लागि म अनुरोध गर्न चाहन्छु र यो पुस्ताले देखेको सपनालाई आत्मसात् गर्न अनुरोध गर्न चाहन्छु ।’
उनले सरकारले आर्थिक रूपान्तरणको सपना बोकेको र सुशासन तथा सेवा प्रवाहका लागि सबै निकायलाई दलीयकरणबाट उन्मुक्ति दिने प्रक्रिया सुरु भइसकेको बताए। पाँच बुँदे करारनामाको पहिलो बुँदामा सुशासन रहेको स्मरण गराउँदै उनले स्थापित व्यवस्थाभित्रै रहेर त्यसको उत्कृष्ट अभ्यासमार्फत जनतालाई परिवर्तनको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरे। सुशासन र सेवा प्रवाहका कुनै पनि क्षेत्रमा अब राजनीतिक हस्तक्षेप हुन नदिने पराजुलीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
-
मदन भण्डारी ‘राष्ट्रिय पुरस्कार’ बाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण