बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विधायकले पत्रिकाविरुद्ध साइबर ब्यूरोमा उजुरी गर्नु आपत्तिजनक : महासङ्घ

बुधबार, ३० वैशाख २०८३, १७ : ३४
बुधबार, ३० वैशाख २०८३

सारांश

  • नेपाल पत्रकार महासङ्घले सांसद जगदीश खरेलले एक पत्रिका बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ।
  • महासङ्घले विधायकले समाचारको विषयलाई लिएर प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नु पनि आपत्तिजनक रहेको जनाएको छ।
  • प्रेस स्वतन्त्रता विरोधी हर्कत नदोहोर्‍याउन महासङ्घले आग्रह गरेको छ।

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले एक पत्रिका बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ। 

महासङ्घले विधायकले समाचारको विषयलाई लिएर प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नु पनि आपत्तिजनक रहेको बुधबार विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 

महासङ्घले समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी हर्कत नदोहोर्‍याउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप