बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तेस्रो पटक बसेर संसद् बैठक स्थगित

बुधबार, ३० वैशाख २०८३, १७ : ३७
बुधबार, ३० वैशाख २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिमा माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक तेस्रो पटक बसेर स्थगित भएको छ ।
  • कार्यसूची अनुसार छलफलमा प्रवेश नै नगरी स्थगित भएको बैठक अब बिहीबार बिहान ११ बजे बस्नेछ ।
  • बिहीबारको बैठकमा आजको लागि तोकिएको नीति तथा कार्यक्रममाथिको छलफल हुनेछ ।

काठमाडौँ । प्रतिनिधिसभा बैठक तेस्रो पटक बसेर स्थगित भएको छ । केही बेरअघि बसेको बैठक कार्यसूची अनुसार छलफलमा प्रवेश नै नगरी स्थगित भएको हो ।

तेस्रो पटक बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए । उनीहरुले छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका थिए । 

अब अर्को बैठक बिहीबार ११ बजे बस्नेछ । आजको लागि तोकिएको नीति तथा कार्यक्रममाथिको छलफल बिहीबारको लागि तोकिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप