बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रदर्शन

लागूऔषधसहित चौध जना पक्राउ

बिहीबार, ३१ वैशाख २०८३, १२ : ५५
बिहीबार, ३१ वैशाख २०८३

काठमाडौँ  ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।

लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल, एलएसडी नियन्त्रित औषधि बरामद गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप