जेठ ९ गतेदेखि छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता
मोरङ । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरद्वारा यही जेठ ९ गतेदेखि १६ गतेसम्म छैटौँ ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर जुट मिल्सको खेल मैदानमा कोशी प्रदेशका ‘क’ श्रेणीका आठ फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
प्रतियोगितामा कनकाई स्पोर्टिङ क्लब भापा, ब्रदरहुड फुटबल क्लब उदयपुर, एपीएफ पकली, टी डब्लु वाईसी विराटनगर, लेटाङ फुटबल क्लब, कोशी प्रदेश प्रहरी कार्यालय रानी, इनरुवा फुटबल क्लब सुनसरी र लालीगुराँस स्पोर्टिङ क्लब मिल्स एरिया सहभागी हुनेछन् ।
ट्रस्टका अध्यक्ष विष्णु डङ्गोलले स्थानीयस्तरका युवाहरूमा फुटबलप्रति आकर्षण जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताका विजेता टोलीले दुई लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने छन् भने उपविजेता टोलीले एक लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी चार वटा विधागत पुरस्कारबापत तीन हजार १०० रुपैयाँ र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई दुई हजार ५०० रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको प्रतियोगिताका संयोजक अमृत गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण