तेहरानले पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शान्ति सम्झौतामा प्रतिबद्ध हुन धम्की दिँदै गर्दा पश्चिम एसियामा द्रुत गतिको कूटनीतिक घटनाक्रम जारी रहेको जनाइएको छ । इरानीको सरकारी समाचार एजेन्सी नूर न्यूजले बिहीबार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उद्धृत गर्दै इरानले अमेरिकी विचारहरू प्राप्त गरिसकेको र यसको समीक्षा गरिरहेको जनाएको छ ।
अमेरिकी पक्षले आफ्नमो प्रस्ताव पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत पठाइएको तेहरानले बताएको छ । इरानको विदेश मन्त्रालयका अनुसार पाकिस्तानले तेहरान र वासिङ्टनबिच सन्देश आदान–प्रदानमा मध्यस्थता जारी राखेको छ भने इरानको मुख्य १४ बुधे शान्ति योजनाको आधारमा धेरै चरणको सञ्चार भएको जनाइएको छ ।
पछिल्लो चरणको बैठकमा इरानका राष्ट्रपति मसूद पेजेस्कियनले बुधबार पाकिस्तानी अधिकारी मोहसेन नकवीसँग भेट वार्ता गरेको जनाइएको छ । पछिल्लो क्षेत्रीय घटनाक्रम र द्विपक्षीय सम्बन्धको समीक्षा गदै उनीहरूले इरान र अमेरिकाबिचको वार्ताको पछिल्लो स्थिति, सम्झौताहरू र कूटनीतिक परामर्शका प्रक्रियामा छलफल र विचार आदान प्रदान गरेको जनाइएको छ ।
यस अवधिमा पाकिस्तानी सेना प्रमुख असीम मुनीर इरान जाने कार्यक्रम रहेको कारण ठोस सम्झौता हुन सक्ने सम्भावना रहेको यस अघि नै बताइएको थियो । यसैबिच पाकिस्तानी अधिकारीसँगको वार्तामा इरानी राष्ट्रपतिले इरान–अमेरिका वार्तासँग सम्बन्धित पछिल्लो क्षेत्रीय घटनाक्रम, कूटनीतिक परामर्शको प्रक्रियाको समीक्षा गर्दै स्थिरता र रचनात्मक क्षेत्रीय अन्तरक्रियालाई समर्थन गर्ने पाकिस्तानी सरकारको प्रयासको प्रशंसा गरेका छन् ।
कूटनीतिक वार्ताको पछिल्लो चरणमा अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सन्देश आएको छ जसमा इरानलाई सम्झौताका लागि तयार हुन दबाबमुलक आह्वान गरिएको छ । यो समय सम्झौताको लागि उपयुक्त रहेको भन्दै प्रस्तावित शान्ति योजनालाई विश्वास गरी सहि प्रतिक्रिया दिनुपर्ने ट्रम्पले एन्ड्रयूजमा पत्रकारहरू समक्ष बताएका छन् ।
यसैबिच नीति तथा क्षेत्रीय सुरक्षा सल्लाहकारका उपप्रमुख स्टिफन मिलरले इरानसँग अमेरिकाको शान्ति प्रस्तावमा सहमत हुने वा अमेरिकी सेनाबाट सजायको सामना गर्ने भन्ने विषयमा सोचेर निर्णय लिने अवस्था रहेको फक्स न्यूजसँग कुरा गर्दै बताएका छन् ।
पछिल्लो समयमा मध्य पुर्वको अवस्था नयाँ द्वन्द्वको किनारमा पुगेको छ भने विश्व समुदायले परिस्थितिलाई बिगार्ने खालका थप सम्झौता बन्द गर्न दबाब दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण