राप्रपामा समायोजनका काम टुंग्याउन बुद्धिमान तामाङ र राजीव पराजुलीलाई जिम्मेवारी
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी समायोजनका बाँकी काम टुंगो लगाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र नेता राजीव पराजुलीलाई जिम्मेवारी दिएको छ ।
- पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेताद्वय तामाङ र पराजुलीलाई यो जिम्मेवारी दिएको हो ।
- प्रवक्ता मोहन श्रेष्ठले समायोजन रोक्ने वा ढिला गर्ने कुनै मनसाय नभएको र पार्टीको नियमित काम र अधिवेशनहरू सम्पन्न गर्न आह्वान गरेका छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी समायोजनका बाँकी काम टुंगो लगाउन राप्रपाबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र तत्कालीन राप्रपा नेपालबाट नेता राजीव पराजुलीलाई जिम्मेवारी दिएको छ । जेठ १ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेताद्वय तामाङ र पराजुलीलाई जिम्मेवारी दिएको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा राप्रपा नेपालबाट ७ जनाको समायोजन भइसकेको छ। अन्य निकायमा समायोजनका बाँकी कामहरू टुंगो लगाउन तामाङ र पराजुलीलाई जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।
उनले दुई पार्टीबिच भएको एकता लगत्तै पार्टी निर्वाचनमा होमिनु परेको बताउँदै जेठ १ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त जिम्मेवारी दिएको बताए ।
प्रवक्ता श्रेष्ठले समायोजन रोक्ने वा ढिला गर्ने कुनै मनसाय नभएको बताउँदै उच्च मनोबलका साथ पार्टीको नियमित काम र अधिवेशनहरू सम्पन्न गर्न जुट्न समेत आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण