मीनबहादुरले दान दिएको भवन एमालेले नलिने, बल्खुमै कार्यालय बनाउने
सारांश
- नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ ।
- मीनबहादुर गुरुङले जग्गा दानसहित भवन दिने प्रस्तावलाई एमालेले धन्यवादसहित फिर्ता गर्ने निर्णय गरेको छ ।
- एमालेले अब मदननगर, बल्खुमै नयाँ कार्यालय भवन निर्माण गर्ने भएको छ ।
काठमाडौँ । नेकपा एमालेले भाटभटेनीका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।
‘कलङ्कीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पती) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ ।
यसअघि दानमा पार्टी कार्यालय लिन लागेको भन्दै यसअघि एमालेभित्र कतिपय नेताहरूले विरोध गरेका थिए । विरोध गरेकै कारण नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई एमालेले कारबाही नै गरेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण