विपक्षीको नाराबाजीबिच सभामुखले अघि बढाए ३ विधेयक
सारांश
- सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको नाराबाजी र विरोधका बीच प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक अगाडि बढाएका छन् ।
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ती विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
- विपक्षीको नाराबाजी र विरोधका बाबजुद सत्तापक्षको समर्थनमा ती विधेयकहरूका सम्बन्धमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विपक्षीको विरोधबिच ३ विधेयक अगाडि बढाएका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको रोष्टममा नाराबाजी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको स्थानबाट उठेर विरोधकाबिच ३ विधेयक अगाडि बढाएका छन् ।
सभामुख अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३,’ ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ अगाडि बढाएका हुन् ।
प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
विपक्षीको नाराबाजी र विरोधबिच सत्तापक्षको समर्थनमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएका छन् । स्वीकृत भएका विधेयकमाथि संशोधनको पनि आह्वान भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण