आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश नेकपा संसदीय दलको उपनेतामा गौतम, प्रमुख सचेतकमा चाम्लिङ

बिहीबार, ०७ जेठ २०८३, १७ : ५८
बिहीबार, ०७ जेठ २०८३

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलको उपनेतामा बाबुराम गौतम चयन भएका छन्। सो पार्टीका दलका नेता इन्द्रबहादुर आङ्बोले दलको उपनेतामा गौतमलाई र प्रमुख सचेतकमा विद्या चाम्लिङलाई चयन गरेका हुन्।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको एकतापछि गरिएको सहमति अनुसार प्रमुख सचेतकमा चाम्लिङलाई चयन गरिएको हो।

चाम्लिङ तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीकी हुन् भने गौतम माओवादी केन्द्रकै हुन् । यसअघि माओवादी केन्द्रले प्रमुख सचेतकको जिम्मेवारी गीता तिम्सिनालाई दिएको थियो।

गौतम कोशी प्रदेशका पूर्व सभामुख समेत हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप