शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एमाले मधेस सरकारमा सहभागी हुँदै, सरकारलाई भोलि विश्वासको मत दिँदै

बिहीबार, ०७ जेठ २०८३, १८ : ५०
बिहीबार, ०७ जेठ २०८३

जनकपुर। मधेस सरकारमा नेकपा एमाले पनि सहभागी हुने भएको छ।

शीर्ष नेतृत्वबिच भएको सहमतिको आधारमा एमाले मधेस प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा सहभागी हुन लागेको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले बताए। 

उनका अनुसार एमालेबाट आजै एक जनाले विना विभागीय मन्त्रीको शपथ समेत लिनेछन्। एमालेबाट विना विभागीय मन्त्रीमा बाराका मोहम्मद समिर मधेस सरकारमा सहभागी हुन लागेको पूर्वमुख्यमन्त्री समेत रहेका दलका नेता यादवले बताए। 

विना विभागीय मन्त्रीको शपथसँगै सरकारका शुक्रबार डाकिएको विश्वासको मतमा एमालेले सहयोग गर्ने भएको छ। एमाले विश्वासको मतको पक्षमा मतदान गर्ने केन्द्रीय नेतृत्वको निर्णय अनुसार सघाउने तयारी गरेको मधेस प्रदेश संसदीय दलले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप