सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

५६ दिनसम्म पनि सरकारले जवाफ नदिएको भन्दै राष्ट्रियसभामा आपत्ति

शुक्रबार, ०८ जेठ २०८३, १४ : ५४
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् ।
  • सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन् ।
  • जनप्रतिनिधिले जनताले भोगिरहेका समस्याबारे उठाएका विषयको जवाफ दिनुपर्ने सांसदहरूले बताएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् । राष्ट्रियसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन् । 

राष्ट्रियसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नरबहादुर विष्ट र एमालेका सोमनाथ पार्तेलले जनप्रतिनिधिले जनताले भोगिरहेका समस्याबारे उठाएका विषयको जवाफ दिनुपर्ने बताए । 

‘पहाडको एउटा डाँडोमा गएर चिच्यायो भने अर्को डाँडोसम्म ध्वनि फर्किन्छ तर सरकार ५६ दिनसम्म बोल्दैन,’ एमाले सांसद पोर्तेलले भने । 

उनले जनप्रतिनिधिले उठाएका विषयमा जवाफ दिन रुलिङ गर्न पनि सभाध्यक्षमार्फत माग गरे । त्यस्तै सांसद विष्टले सरकार बनेको ५६ दिनसम्म राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ नदिनु उपयुक्त नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप