सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : डङ्गोल

शनिबार, ०९ जेठ २०८३, १७ : १२
शनिबार, ०९ जेठ २०८३

सारांश

  • कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बनेको बताएकी छन् ।
  • फेस्टिभलमा नेपाली चलचित्र 'इलिफेन्ट इन द फग'ले 'जुरी प्राइज' प्राप्त गर्नुले नेपाली चलचित्र तथा कला क्षेत्रको उचाइ बढेको छ ।
  • डङ्गोलले काठमाडौँ महानगरपालिका रचनात्मक उद्योगको सन्तुलित विकासका लागि उत्सुक रहेको धारणा राखिन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्न पुगेको बताएकी छन् ।

फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डङ्गोलले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्त्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् ।

फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढेको उनले बताइन् ।

उनले अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सिप र अनुभवको उपयोग र फिल्म महोत्सव मार्फत रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन महानगर उत्सुक रहेको धारणा राखिन् ।

फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणा गएको आइतबार फ्रान्स प्रस्थान गरेकी डङ्गोलले मेयर लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप