बारामा रास्वपा जिल्ला भेलामा कुटपिट र झडपः ३ जना घाइते
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा झडपको अवस्था सिर्जना हुदाँ तीन जना घाइते भएका छन् ।
- पार्टी जिल्ला अध्यक्षबाट कारबाहीमा परेका स्वर्णकारले नियोजित रूपमा कार्यक्रम बिथोल्न सांसदहरूले भाडामा ल्याएका व्यक्तिहरूबाट झडपको अवस्था सिर्जना भएको बताए ।
- यता बारा ४ का रास्वपा सांसद रहबर अन्सारीले जिल्ला कार्यसमिति विघटन भइसकेकाले स्वर्णकारका सर्मथकहरूले नियोजित रूपमा कार्यक्रम बिथोल्न खोजेको बताएका छन् ।
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा झडपको अवस्था सिर्जना हुदाँ तीन जना घाइते भएका छन् ।
जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारणसदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गर्ने क्रममा झडपको अवस्था सिर्जना भएको हो ।
पार्टी जिल्ला अध्यक्षबाट कारबाहीमा परेका स्वर्णकारले नियोजित रूपमा कार्यक्रम बिथोल्न सांसदहरूले भाडामा ल्याएका व्यक्तिहरूबाट झडपको अवस्था सिर्जना भएको बताए । ‘माननीयहरूका गुण्डाले कुटपिट गर्दा नगरपालिका सभापतिहरू घाइते हुनुभएको छ,’ स्वर्णकारले भने, ‘माननीयहरूले भाडामा ल्याएका मान्छेहरूले सभाहल कब्जा गरेर अन्यलाई बाहिर निकाल्न खोजेपछि यस्तो अवस्था आएको हो ।’
झडप र कुटपिटबाट महागढीमाई नगरपालिकाका पार्टी सभापति विक्रम यादव, सिम्रौनगढका सभापति सायह अन्सारी र केही पार्टी सदस्यहरू घाइते भएका जनाइएको छ ।
स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने माग राख्दै उनका समर्थकले बाराका सांसदहरूविरुद्ध नाराबाजी गरेका थिए ।
यता बारा ४ का रास्वपा सांसद रहबर अन्सारीले जिल्ला कार्यसमिति विघटन भइसकेकाले स्वर्णकारका सर्मथकहरूले नियोजित रूपमा कार्यक्रम बिथोल्न खोजेको बताएका छन् । ‘विषयवस्तुलाई अतिरञ्जित गर्न अस्पतालको बेडमा सुतेर घाइते भएको नाटक मात्रै गरिएको हो,’ संघीय सांसद अन्सारीले भने, ‘महाधिवेशन कसरी गर्ने भन्ने विषयमा सुझाव संकलन कार्यक्रममा हामी आमन्त्रित मात्रै हौँ ।’
कार्यक्रमस्थलमा बाराका ४ वटै निर्वाचन क्षेत्रका सांसदहरू; रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहको उपस्थिति थियो ।
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्ला सभापति चन्दन स्वर्णकारको भूमिका शंकास्पद भएको भन्दै उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । सांसदहरूले पत्रकार सम्मेलनमार्फत तत्कालका लागि भेला स्थगित भएको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण