लाम्पाटा क्षेत्रमा इन्स्पेक्टरको नेतृत्वमा फौज परिचालन
सारांश
- सीमा विवादका कारण हुम्ला र बाजुराका स्थानीयबीच झडप भएपछि बाजुराको लाम्पाटा क्षेत्रमा इन्स्पेक्टरको नेतृत्वमा १६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
- सुरक्षाकर्मीको टोलीले लाम्पाटा क्षेत्रको वस्तुस्थिति बुझी फर्कनेछ।
- हुम्ला र बाजुराको सीमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा विवाद हुँदा वैशाख ३ गते झडप भएको थियो जसमा बाजुराका ५ जना घाइते भएका थिए।
काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।
विवाद भएको ठाउँमा लङ रुट पट्रोलका लागि इन्स्पेक्टर लक्ष्मीराज जोशीको कमान्डमा १६ जना सुरक्षाकर्मी त्यसतर्फ पठाइएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले रातोपाटीलाई बताइन् । उनले भनिन्– ‘त्यहाँका स्थानीयले असुरक्षित महसुस गरेपछि टिम पठाइएको हो ।’
इन्स्पेक्टर जोशीसँगै सशस्त्र प्रहरी बलका १० जना सुरक्षाकर्मी त्यसतर्फ गएका छन् । जिल्ला सदरमुकामबाट लाम्पाटा पुग्न ३ दिन पैदल हिँड्नुपर्छ । एलआरपीमा गएको टिमले त्यहाँको वस्तुस्थिति बुझेर फर्किने डीएसपी बोहराले जानकारी दिइन् ।
हुम्ला र बाजुराको सीमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीय बिच वैशाख ३ मा झडप भएको थियो । झडपमा परेर बाजुराको हिमाली गाउँपालिका–५ लाम्पाटा घर भएका ५ जना घाइते भएका थिए ।
हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सीमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध गरेका थिए ।
कवारीखोला लाई हुम्लाका स्थानीयले दुई जिल्लाका सिमाना दाबी गरेको हुम्लाका डीएसपी शङ्कर खड्काले बताए । खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहित ५ जनालाई कुटपिट गरेका हौँ ।
सुदूरपश्चिम चिनाउने अभियान लिएर त्यहाँ जाँदै गरेका धनगढीको मेयर गोपाल हमाल नेतृत्वको टिम साइपाल बेसक्याम्प नपुग्दै फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण