मोरङ कांग्रेसले गर्यो सदस्यता अद्यावधिक समिति गठन
विराटनगर । नेपाली कांग्रेस मोरङले सङ्गठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्यता आइतबार अद्यावधिक समिति गठन गरेको छ । केन्द्रीय समितिको निर्देशनअनुसार गठन गरिएका यी समितिलाई २०८३ साल जेठ २१ गते भित्र तोकिएको कार्य सम्पन्न गर्न निर्देशन दिइएको हो।
मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेका अनुसार पार्टीको सङ्गठनात्मक संरचनालाई तल्लो तहसम्म चुस्त बनाउने योजनाअनुसार मोरङका क्षेत्र नं. ४, ५ र ६ मा सदस्यता अद्यावधिक समिति गठन गरिएको हो । गठन प्रक्रिया स्थानीय कार्यकर्ताबिचको परामर्श र केन्द्रीय मापदण्डका आधारमा अघि बढाइएको पार्टीले जनाएको छ।
क्षेत्र नं. ४ को संयोजनको जिम्मेवारी भक्तिनाथ माझीलाई दिइएको छ । उनीसँगै भीम रिजाल, चेतराज बस्नेत र दुर्गा कोइराला सदस्यका रूपमा रहेका छन्।
क्षेत्र नं. ५ मा दिलीप पोखरेलको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा पङ्कज वर्मा, शत्रुघन रजक र मिना मुर्मु रहेका छन् । यो समितिमा युवा र महिला सहभागितालाई समेत समेटिएको छ । त्यसैगरी क्षेत्र नं. ६ को नेतृत्व भुवनेश्वर मण्डलले गरेका छन् । उनीसँगै रञ्जु अधिकारी, सञ्जय मण्डल र मञ्जु रहेका छन्।
क्षेत्र नं २ मा मोदराज घिमिरे संयोजक, तारानाथ प्रसाईं, देवेन्द्र लुईटेल, अन्जना अधिकारी सदस्य रहेका छन् । क्षेत्र नं. ३ बाट ललित बहादुर श्रेष्ठ संयोजक छन् भने भोजराज बस्नेत, अनुप योन्जन र सकुन्तोला सुवेदी सदस्य रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण