कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी गर्नुभएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएपछि छलफल प्रारम्भ भएको हो ।
छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले नीति तथा कार्यक्रम शब्दमा राम्रो रहे पनि यसमा समावेश गरिएका विषय वस्तु कार्यान्वयन योग्य नरहेको दाबी गरे । सदस्य राजेन्द्र कार्कीले नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, कृषि र रोजगारीका विषय समेटिए पनि यसको कार्यान्वयनमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।
सदस्य गणेश उप्रेतीले सुकुमवासीको विषयमा नीति तथा कार्यक्रम मौण रहनु दुःखद भएको बताए । सदस्य होमबहादुर थापाले सबै क्षेत्रलाई समेट्ने गरी आएको नीति तथा कार्यक्रमले प्रदेशको विकासमा मार्ग चित्रको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सदस्य बाबुराम गौतमले सरोकारवालाहरुसँग छलफल नै नगरी ल्याएको नीति तथा कार्यक्रमबाट अपेक्षित जनता लाभान्वित नहुने दाबी गरे ।
सदस्य राधकृष्ण खनालले सरकारले नीति तथा कार्यक्रमबाट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश बन्ने आशा जागेको धारणा राखे । सदस्य प्रेमराज थाम्साङले प्रदेशको पर्याप्त स्रोतसाधनको अभावमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषय वस्तु मनन गर्दा आमनागरिकको उज्वल भविष्य निर्धारण गर्न मद्दत पुग्ने टिप्पणी गरे ।
सदस्य जयप्रकाश चौधरीले नीति तथा कार्यक्रम नागरिकमैत्री, प्रदेशको योजना, स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गर्ने धारणा राखे । सदस्य किशोरचन्द्र दुलालले सरकारको मार्गचित्र झल्काउने यो नीति तथा कार्यक्रमबाट बन्ने वार्षिक बजेटबाट सरकारको बाटो स्पष्ट गरेको छ ।
आजको बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत भएको छ । सभाको अर्को बैठक जेठ ११ गते दिउँसो १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण