शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत

सोमबार, ११ जेठ २०८३, १३ : ३५
सोमबार, ११ जेठ २०८३

सारांश

  • लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरिएको छ ।
  • प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरेका हुन् ।
  • नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरिएको छ ।  प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरेका हुन् ।

प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताइएको छ । 

यसअघि प्रदेश प्रमुख घर्तीमगरलाई प्रदेशसभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगरसहित मन्त्री तथा प्रदेशसभा सदस्यहरूले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप